काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको छ।सभापति गगन थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय सदस्य तारामान गुरूङको संयोजकत्वमा अनुशासन समिति गठन गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
कांग्रेसले विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७)बमोजिम ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरेको हो। जसको सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया