logo

२०८३ बैशाख ४ शुक्रबार

logo
  • २०८३ बैशाख ४ शुक्रबार
  • अफताब आलमको फैसलाबिरुद्ध सर्वोच्चमा पुनरावेदन

    1.1KShares
    अफताब आलमको फैसलाबिरुद्ध सर्वोच्चमा पुनरावेदन

    काठमाडौं।  नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गएको छ ।महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया अघि बढेको छ ।
    सर्वोच्च अदालत मुद्दा शाखाका अनुसार मुद्दा दर्ता भने भइसकेको छैन । विसं २०६४ सालमा चुनाव जित्न घरमै बम बनाएको, बनाउँदै गर्दा विस्फोट हुँदा करिब १२ जना मानिस घाइते भएको र विस्फोटका घाइतेलाई जिउँदै इट्टाभट्टामा हालेर जलाएको अभियोग आलममाथि थियो ।

    काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन गएको छ ।महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार आलमलाई सफाइ दिने फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया अघि बढेको छ ।सर्वोच्च अदालत मुद्दा शाखाका अनुसार मुद्दा दर्ता भने भइसकेको छैन । विसं २०६४ सालमा चुनाव जित्न घरमै बम बनाएको, बनाउँदै गर्दा विस्फोट हुँदा करिब १२ जना मानिस घाइते भएको र विस्फोटका घाइतेलाई जिउँदै इट्टाभट्टामा हालेर जलाएको अभियोग आलममाथि थियो ।

    तर, धेरैजनाको हत्या भएको भनिए पनि मृत्यु दाबी भने रौतहटकै पिन्टु भनिने त्रिलोकप्रताप सिंह र ओशी अख्तर हराइरहेको भन्दै जाहेरी परेको थियो । उनीहरूलाई अन्य घाइतेहरूसँगै जलाएको अभियोग थियो ।

    तर, अन्य मृतकबाट दाबी नपरेको र इन्सेकसहितको प्रतिवेदनबाट जलाएर हत्या गरिएको पुष्टि हुने र त्रिलोकप्रताप सिंह र ओशी अख्तर कहाँ छन् भनेर प्रतिवादीले देखाउन नसकेको भन्दै रौटहट जिल्ला अदालतले अफताबसहितलाई दोषी ठहर गरेको थियो ।

    त्यही फैसलाबाट जेलमा रहेका आलम गत जेठ १४ मा उच्च अदालतको अस्थायी इजलास वीरगन्जका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले ज्यानमुद्दामा आरोपितहरू मोहम्मद आलमसहितको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिने फैसला गरेको थियो ।

    उक्त फैसलाविरुद्ध महान्यायाधीवक्ता कार्यालयले नियमित प्रक्रियाअन्तर्गत सर्वोच्चमा पुनरावेदन गरेको हो ।



    फास्ट न्युज    
  • २०८२ श्रावण २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट