काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा बिहीबार भएको निर्वाचनमा प्रतिस्पर्धी प्रकाश पौडेललाई सात मतले पराजित गर्दै डा. कडरिया अध्यक्ष निर्वाचित भएका हुन्। डा. कडरियाले ७३२ मत प्राप्त गरे भने प्रतिस्पर्धी पौडेलले ७२५ मत ल्याए।
मतगणनाका क्रममा उनीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मतदान भएको थियो ।
यसअघि पनि एमाले नेतृत्वले कडरियालाई सर्वसम्मत रूपमा अनेरास्ववियुको अध्यक्ष बनाउन खोजेको थियो । त्यसको प्रस्ताव महाधिवेशन हलमा गरिएको पनि थियो । तर, चुनावबाट नेतृत्व चयन हुनुपर्ने माग उठेपछि चुनाव भएको हो ।
अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनमा ड. कडरिया र पौडेल प्यानल सहित प्रतिस्पर्धा गरेका थिए। पदाधिकारीमा अधिकांश डा. कडरिया प्यानलकै निर्वाचित भएका छन्।
अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।
सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भए।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया