काठमाडौं । नेपाल समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारमा रहेसम्म सबै ठिक छ भनेर गफ दिने र सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो भन्दै हिड्ने प्रवृत्ति बढेको बताएका छन् | बुधबार काठमाडौंको माइतीघरमा प्रत्यक्ष नेसपा (नयाँ शक्ति) ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने एजेडा अघि सार्दै आएको छ। उनीहरूले राजसंस्थाको भने विरोध गरेका छन्।
सरकारमा रहेका बेला सबै ठिक र सरकारबाट बाहिरिएको भोलीपल्ट सबै बेठीक भनेर गफ दिनेहरूबाट देश र जनताको भलो हुन नसक्ने उनले बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छोटे राजाको संज्ञा दिए ।
अहिले सरकारमा रहेसम्म सबै ठिक ठाक छ । समृद्धि आएको छ, भनेर गफ दिन्छन् अनि सरकारबाट गएको भोलीपल्टदेखि खत्तम भयो बर्वाद भयो भनेर हिड्छन् ।’साथै, उनले जनताले फ्याँकिसकेको राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको भन्दै राजावादीहरुको प्रदर्शनलाई कुनै महत्व दिन आवश्यक नभएको पनि बताए ।अध्यक्ष भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नभएको कारण पहिले नै संविधान आधा मात्र छ भनेर आफूले आवाज उठाएको स्मरण गरे ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया