logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

    1KShares
    एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

    काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।

    नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप विरोधका कार्यक्रमहरू गर्न लागेको जनाएको छ।

    यस अघि नेपाल एलपी ग्यास उद्योग संघबाट माघ ३० गतेका दिन उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रीको समुपस्थितिमा नेपाल आयल निगमका संचालक समिति पदाधिकारीहरु, निगमका पदाधिकारीहरु र नेपाल एल पि ग्यास उद्योग संघका पदाधिकारीहरु विच भएको छलफलले माग संवोधन सम्बन्धमा मन्त्रीबाट गृहकार्य गर्न थप १५ दिनको समय माग गर्दै फागुन १५ गते बुधवारसम्मको लागि विरोधका कार्यक्रमहरु स्वगीत गरिएको थियो ।

    तर हाल सम्म केही निष्कर्ष नआएको हुँदा विरोधका कार्यक्रमहरु पुनः संचालन गर्नुपरेको एलपी ग्यास उद्योग संघले विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

    यस्ता छन् विरोधका कार्यक्रमहरू
    १. फागुन १८ गतेदेखि पिडिओ पीडीक्यू नउठाउने।
    २. फागुन २४ गतेदेखि रिफाइनरीबाट लोडिङ नगराउने।
    ३. चैत १ गतेदेखि भन्सारबाट बुलेट नछुटाउने।
    ४. चैत ७ गतेदेखि उद्योगहरूबाट ग्यासको बिक्री वितरण बन्द गर्ने।
    ५. चैत ११ गतेदेखि डिलरहरूबाट ग्यासको बिक्री वितरण बन्द गर्ने।



    फास्ट न्युज    
  • २०८१ फाल्गुन १८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट