काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वायु प्रदुषणको श्रोत पहिचान गरी त्यसको नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगले बिहीबार काठमाडौंमा आयोजना गरेको वातावरणीय मानव अधिकार रक्षकको दोस्रो सम्मेलन उद्घाटन गर्दै मन्त्री ठकुरीले वायु प्रदर्शन मापन यन्त्रहरुद्वारा तथ्याङ्क संकलन गरि वातावरणलाई प्रदुषित हुन नदिन इन्धनको गुणस्तर सुधार र औधोगीक प्रदुषण नियन्त्रणको योजना बनाएको बताए ।
‘हरेक वर्ष झैँ, जाडो मौसमको सुरुआत सँगै नेपालमा पनि वायु प्रदूषण निरन्तर वृद्धि हुँदै जान्छ । हाम्रोमा मात्र नभई यस क्षेत्रका धेरै शहरमा यो समयमा वायुको गुणस्तर क्रमिकरुपमा खस्किँदै जाने गर्दछ,’ मन्त्री शाहीले भने, ‘यसको असर आँखाले देखिने धुलोसहितको प्रदूषणमा मात्र सीमित नभई, विशेष गरी मानव स्वास्थ्य र समग्र पर्यावरणमा गम्भीर रूपमा दीर्घकालीन असर पारिरहेको अवस्था छ ।’
उनले सरकारले सार्वजनिक वातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजना अगाडि बढाएको पनि बताए ।
उनले भने, ‘सरकारले सार्वजनिक वातारणलाई प्रभावकारी बनाउँदै इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदुषण नियन्त्रणमा सहयोग पुग्ने तवरले कदम चाल्ने योजनाहरु अगाडि बढाएको छ ।’
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया