logo

२०८३ आश्विन ४ आईतवार

logo
  • २०८३ आश्विन ४ आईतवार
  • सेयर बजारले नाघ्यो २५०० अंक, कारोबार रकम भने घट्यो

    1KShares
    सेयर बजारले नाघ्यो २५०० अंक, कारोबार रकम भने घट्यो

     काठमाडौं । सोमबार सेयर बजारले २५०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४४.४५ अंक बढेसँगै २५०८ मा कायम भएको हो। परिसूचक बढ्दा करोबार रकम घटेको छ।

    आज २१० कम्पनीको मूल्य बढ्दा ३३ को घट्यो भने एउटाको स्थिर रह्यो । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक, फाइनान्स, होटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।

    यस दिन तीन अर्ब ७१ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ । ३३ कम्पनीको सेयर मूल्य घटेको छ । मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फन्डको परिसूचक ०.६० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशतले वृद्धि भएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट