logo

२०८३ जेष्ठ १७ आईतवार

logo
  • २०८३ जेष्ठ १७ आईतवार
  • सुनचाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलाको ३ लाख ११ हजार नाघ्यो

    739Shares
    सुनचाँदीको मूल्यमा उच्च वृद्धि, सुन तोलाको ३ लाख ११ हजार नाघ्यो

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले वृद्धि हुँदै ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ १७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट