काठमाडौ । संरक्षण क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्याक्तिलाई सरकारले तीन लाख रुपैया सहित सम्मान गर्ने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आयोजना गरेको राष्ट्रिय संरक्षण दीवसको अवसरमा वन तथा वातावरण राज्यमन्त्री रुपा विकले उक्त घोषणा गर्नु भएको हो। संरक्षणको क्षेत्रमा बिशिस्ट योगदान पुर्याउने व्याक्तिलाई प्रत्येक राष्ट्रिय संरक्षण दिवसको दिन उक्त पुरस्कार प्रदान गरिने बताउनु भयो।

मन्त्री विकले संरक्षणको क्षेत्रमा काम गर्नु चुनौतीपूर्ण रहेको वताउदै यसलाई गम्भीरतापूर्वक समयानुकूल हुनेगरी निति निर्माण गर्नुपर्ने आवश्यकता रहेको ओैल्याउनु भयो। एकातिर भौतिक विकास गर्नुपर्ने सामाजिक वाध्यता छ भने अर्कोतिर प्राकृतिक संरक्षण गर्नुपर्ने विशिष्ट जिम्मेवारी रहेको वताउनु हुदै उहाले भन्नुभयो “संरक्षण र विकासलाई कसरी संगै लाने भन्ने आजको चुनौती हो ।यसलााई समय सापेक्ष र वैज्ञानिक दिसामा लान मन्त्रालयले गम्भीरतापूर्वक काम गर्नु पर्नेछ।” कार्यक्रममा संरक्षण क्षेत्रको काम गर्ने सिलसिलामा घुन्सामा हेलिकप्टर दुर्घटनामा परि दिवंगत भएका तत्कालीन वन तथा वातावरण राज्यमन्त्री र सचिव लगायत संरक्षण क्षेत्रमा काम गर्ने विशिष्ट व्याक्तिहरुको योगदानको स्मरण गर्दै उहाहरु प्रति श्रद्धाञ्जली व्याक्त गर्नुभयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयको सचिव डा. दिपक खरालले एकिकृ संरक्षणको अवधारणाको आधारमा अघि बढ्नुपर्ने धारणा राख्नुहुदै संरक्षण क्षेत्रमा नेपाली सेनाले पुर्याएको योगदान स्मरणीय र महत्त्वपूर्ण रहदै आएको पनि वताउनु भयो।

त्यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानाले संरक्षण क्षेत्रमा कामगर्ने सिलसिला मृत्युुवर्ण गर्नुहुने तत्कालीन मन्त्री , सचिव लगायत बिशिस्ट व्याक्तीहरुको असाधारण ज्ञान र क्षेमताको स्मरण गर्दै उहाहरुको सामुहिक तस्बिरमा कार्यलय प्रमुख ( विभाग महानिर्देशक) को कार्यकक्षमा राखिने वताउनु भयो। उहाले भन्नुभयो” उहाहरु संरक्षण क्षेत्रका नक्षत्र हुन। उहाहरुको योजना र सपना पूरा गर्ने दायित्व हाम्रो भएकोले उहाहरुको तस्बिर कार्यकक्षमा राख्दा प्रत्येक दिन हामीलाई उहाहरुको प्रेरणा मिल्ने छ। त्यसो भएको हुदा अब देखि यो तस्बिर महानिर्देशकको कार्यकक्षमा राखिनेछ।” कार्यक्रममा विभागका संस्थापक महानिर्देशक विश्वनाथ उप्रेती, डब्लु डब्लु एफका घनश्याम गुरुङ र बरिस्ठ इकोलोजिस्ट श्याम कुमार शाहले आफ्नोे धारणा राख्नु भएको थियो । उहाहरुले संरक्षणमा नया विकल्पहरु खोजिगर्नु पर्ने आवश्यकता रहेको ओैल्याउनु भएको थियो।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया