logo

२०८३ श्रावण २६ मंगलवार

logo
  • २०८३ श्रावण २६ मंगलवार
  • राजदूत माओमिङसँग भेटवार्ता, चीनसँगको सहकार्य विस्तारमा प्रधानमन्त्री शाहको जोड

    748Shares
    राजदूत माओमिङसँग भेटवार्ता,  चीनसँगको सहकार्य विस्तारमा प्रधानमन्त्री शाहको जोड

    काठमाडौं, साउन २६ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङसँग भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री शाहले द्विपक्षीय सम्बन्ध र विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएका हुन्।

    भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्ने तथा विकास साझेदारीलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री शाहले चीनसँग नेपालको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ आधारमा अघि बढाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्ने धारणा राखेका थिए। विशेषगरी दुई देशबीचको सहयोगलाई विकास र समृद्धिसँग जोडेर अघि बढाउने विषयमा उनले जोड दिएको सचिवालयको भनाइ छ।

    राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल–चीनबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउन चीन प्रतिबद्ध रहेको बताएका थिए।

    भेटवार्तालाई नेपाल–चीन सम्बन्धमा आगामी दिनमा विकास साझेदारी र द्विपक्षीय सहयोगलाई थप गति दिने सन्देशका रूपमा हेरिएको छ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट