logo

२०८२ कार्तिक २९ शुक्रबार

logo
  • २०८२ कार्तिक २८
  • कांग्रेसले राखेको तीन बुँदे माग सम्बन्धमा सत्ता साझेदार दलले छलफल गर्ने

    844Shares
    कांग्रेसले राखेको तीन बुँदे माग सम्बन्धमा सत्ता साझेदार दलले  छलफल गर्ने

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच शनिबार बैठक निष्कर्षोन्मुख भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल भयो ।

    छलफलमा कांग्रेसले राखेको तीन बुँदे मागमा प्रधानमन्त्री दाहालले आफू उक्त मागबारे सकारात्मक रहेको बताएका थिए । प्रधानमन्त्री दाहालले कांग्रेसले राखेको तीन बुँदे मागलाई सत्ता साझेदारसँग छलफल गरेर कांग्रेससँग छलफल गर्ने बताए । बैठकबारे जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत भएको बताए ।रमेश लेखक उनले भने,‘ उहाँ सकारात्मक हुनुहुन्छ । यो विषयमा सत्त साझेदार दलसँग छलफल गरेर कांग्रेससँग थप छलफल गर्ने भन्नुभएको छ । ’

    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति शेर बहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कृष्ण सिटौला र रमेश लेखकलगायतका नेताहरु बालुवाटार पुगेका थिए ।

    सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले स‌ंसद अवरुद्ध गर्दै आइरहेको छ । प्रधानमन्त्री दाहालले संसदको गतिरोध अन्त्यको प्रयासमा कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन् ।

     



    फास्ट न्युज    
  • २०८१ जेष्ठ ५, शनिबार ०५:०८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार