काठमाडौं । आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई रनको लक्ष्य दिएको छ । यो १९ वर्षमुनिको नेपाली महिला टोलीले बनाएको अहिलेसम्मकै धेरै रन हो ।
यूएईको सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाइन् । ५७ बलमा शतक बनाएकी पूजा ६९ बलमा १ सय ३० रन जोड्दै नटआउट रहिन् । पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन् । यसअघि यस्तै सोनी पाख्रिनले नटआउट ४२ रन बनाइन् । कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले १/१ विकेट लिए ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्राे खेलमा भने हिजो यूएईसँग १३ रनले पराजित भएकाे थियाे । नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।
प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया