काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज मंगलबार पनि पोखरामा खबरदारी सभा गर्ने भएको छ । कात्तिक ३ गतेदेखि हिरासतमा रहेका सभापति लामिछानेलाई आज म्याद थपका लागि कास्की अदालत उपस्थित गराइँदैछ । रास्वपा सांसद डाक्टर तोसिमा कार्कीले पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा थालिने जानकारी दिइन् ।
‘सभापति लामिछाने हिरासतबाट छुटेको भन्ने भ्रम फैलाइएको छ । उहाँ छुट्नुभएको छैन । आज कास्की अदालतमा बहस छ । त्यसपछि के हुन्छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर भनेकी छन्, ‘म नागरिक समाजलाई र देशभरका सकै दाजुभाइ दिदीबहिनीलाई म के भन्छु भने रास्वपा हामी सबैको पार्टी हो । हाम्रो आन्दोलनलाई व्यक्तिकेन्द्रित बनाउन खोजिएको छ । यो व्यक्तिकेन्द्रित होइन । नयाँलाई साथ दिनुभएको छ । यहाँहरूको आस टुट्न दिने छैन ।’
उनले लामिछाने म्याद थपका लागि कास्की अदालत उपस्थित हुने बताउँदै पोखराको घण्टी घरबाट रास्वपाले खबरदारी सभा गर्ने जानकारीसमेत दिइन् । उनले ५ वटा ‘स’को माध्यमबाट निलो कान्ति गर्ने बताउँदै रविलाई साथ दिन सबैलाई आग्रह पनि गरिन ।
‘हामी अनुसन्धानलाई प्रभावित पार्न चाहन्नौँ । आज पोखराको जिरो किलो घण्टी घरबाट खबरदारी सभा छ । सबैलाई उपस्थित हुन आग्रह गर्छु । शान्तिपूर्ण खबरदारी सभामा उपस्थित हुन आग्रह गर्छु’, उनले भनिन् ।
रास्वपा नेताहरू रविलाई हिरासतमुक्त गरेर अनुसन्धान हुनुपर्ने माग गरिरहेका छन् । सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ परेका लामिछानेको बुधबार नै बयान सकिए पनि बिदाका कारण म्याथ थप हुन पाएको थिएन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया