काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५७.९९ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २.१४ प्रतिशत घटेर २६३९.९२ विन्दुमा बन्द भएको हो । आज कुल ३१९ कम्पनीका एक करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख ९१ हजार बराबरको कारोबार भएको थियो ।
सोमबार नेप्सेमा सूचिकृत कम्पनीहरुमध्ये ३१९ वटाको १ करोड ३८ लाख कित्ता शेयरको ७२ हजार पटक कारोबार भएको छ ।
आजको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा फाइनान्स क्षेत्र छन् । यो क्षेत्रको कारोबार ३.३८ प्रतिशतले घटेको छ ।
आज बैंकिङ समूह २.३०, विकास बैंक १.७८, होटल तथा पर्यटन १.६६, जलविद्युत २.०४ र जीवन बीमासमूहको शेयर मूल्य २.१५ प्रतिशतले घटेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया