logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • रक्तदानमा सहमहामन्त्री डिनाले भनिन्- तरुणदललाई धन्यवाद

    952Shares
    रक्तदानमा सहमहामन्त्री डिनाले भनिन्- तरुणदललाई धन्यवाद

       काठमाडौ। नेपाली कांग्रेसको सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले तरुणदलले रक्तदान कार्यक्रम आयोजना गरेर मानीवयतासँगै पुण्य कार्य गरेको बताउनु भयो।

    नेपाल तरुणदलको केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथि रहनु भएको सहमहामन्त्री डिनाले तरुणदलका नेता कार्यकर्तालाई धन्यवाद दिदै भन्नू भयो, “तपाई तरुण साथीहरुलाई बधाई तथा धन्यवाद दिन चाहन्छु । यसैगरि गरिब.दुःखी, असहाय र नागरिकको पक्षमा काम गर्नुस, यहि नै हाम्रो कर्तव्य हो। राजनीतिको उद्देश्य हो।”


    पार्टीले भरखरै गठन गरेको निर्देशन समितिमा समेत तरुण दलको निर्देशन समितको संयोजक रहनु भएको सहमहामन्त्री उपाध्यायले
    नेविसंघको राजनीतिक पृष्ठभूमिबाट राजनीति सुरु गरेर महिला संघको लामो समयसम्म नेतृत्व गरे पनि तरुणदलमा काम गर्ने आफ्नो चाहना रहेको स्मरण गर्नु भयो।

    उहाँले भन्नू भयो, ” म नेविसंघ र महिला संघमा लामो समय काम गरे तर मलाई तरुणदलमा काम गर्ने इच्छा थियो। समय परिस्थितिले फेरि मलाई पार्टीले तरुण साथीहरूसंग काम गर्ने जिम्मेवारी दिएको छ। म यसलाई कुशलतापूर्वक निर्वाह गर्नेछु। दलको महाधिवेशन गराउने छु।”

    उहाँले अधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता गर्दा रक्तदान गर्न उपस्थित तरुणदलका नेता कार्यकर्ताहरुले उत्साहित हुँदै तालि बजाएर खुसी ब्यक्त गरेको सहभागी एक केन्द्रीय सदस्यले फास्ट न्युज सेभेनलाई बताए ।


    गतहप्ता देशैभरि भीषण बर्षा हुँदाको बाढी पहिरोका कारण घाइते बिरामीहरुको उपचारको लागि रगत अभाव देखिएको हुँदा नेपाल तरुणदलको केन्द्रीय समितिले रक्तदानको आयोजना गरेको केन्द्रीय सदस्य सरोज न्यौपानेले बताउनु भयो।

    तरुणदलका अध्यक्ष बिद्वान गुरुङ जनसम्पर्क समिति हङकङको कार्यक्रममा जानुभएकोले कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य रोजन राईले गर्नुभएको थियो।



    फास्ट न्युज    
  • २०८१ आश्विन २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट