नवलपरासी ।पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गन दाउन्नेमा भासिएर एकतर्फी भएको सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
प्रहरीले सडक मर्मत गरी दुईतर्फी सञ्चालनमा ल्याए पनि सडक भासिनेक्रम नरोकिएकाले सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।असोज ११ र १२ गते परेको निरन्तरको वर्षापछि १४ गते सडक भासिएको थियो ।
यस अघि शुक्रवार साँझ ५:४५ बजे करिब २० फिट लम्बाइ र ५ फिट सडक भासिएको थियो भने त्यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो ।
दाउन्ने क्षेत्रमा नारायणगढ बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ ।
एक रात एक दिन पूर्ण रुपमा सवारी आवागमन बन्द गरी मर्मत गरिएको सडक १८ गते साँझ फेरि भासिएको थियो । सडक विभाग र चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशन प्रालिको टोलीले लगातार सडक मर्मत गरी पूर्ण रुपमा गाडी सञ्चालनमा आएको बताएका छन् |
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया