logo

२०८३ बैशाख १२ शनिबार

logo
  • २०८३ बैशाख १२ शनिबार
  • क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउने प्रयास

    904Shares
    क्षतिग्रस्त दक्षिणकाली मन्दिरलाई पुरानै अवस्थामा फर्काउने प्रयास

    काठमाडौँ । गत शुक्रबार र शनिबार गएको भीषण बाढी पहिरोमा काठमाडौँस्थित दक्षिणकाली मन्दिरमा ठुलो क्षति भएपछि स्थानीय सरसफाइ र संरक्षणमा जुटेका छन् ।

    वडादशैंमा भीडभाड हुने मन्दिर परिसरका अधिकांश संरचना भत्किएको र लेदो माटो पसेकाले स्थानीय जनप्रतिनिधिको अगुवाइमा सरसफाइ गरिएको छ । उक्त कार्यका लागि नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले पनि साथ दिएका छन् ।

    स्थानीय दक्षिणकाली खोलामा आएको पहिरो मिश्रित बाढीका कारण मन्दिरको मात्रै सकुशल राखेर बाँकी धेरै संरचना भत्काएको छ ।

    बाढीले मन्दिर परिसरमा पनि लेदो माटो जम्न पुगेको छ । दशैंमा दक्षिणकाली मन्दिरमा विशेष पुजा हुने गर्दछ । बाढीले क्षतिग्रस्त मन्दिरमै सर्वसाधारणले पुजा गर्न बाध्य भएका छन् ।

    दसैँको अवसरमा भएको क्षति गम्भीर छ । यसमा सबैले धैर्यताका साथ विपद्लाई सामना गर्नुपर्ने अवस्था छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १९, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट