logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • नेप्से परिसूचक मंगलबार ११४.७० अंकले बढेर बन्द

    898Shares
    नेप्से परिसूचक मंगलबार ११४.७० अंकले बढेर बन्द

    काठमाडौं । मंगलबार सेयर बजार भारी अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा एकै दिन ११४.७० अंक अर्थात् ४.५७ प्रतिशतले बजार बढेको हो । यो वृद्धिसँगै परिसूचक २६२३ अंकमा पुगेको छ । कारोबार रकम पनि दोब्बर बढेको छ । अघिल्लो दिन जम्मा ३ अर्ब ७१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ६१ करोडको भयो ।

    मंगलबार २१ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै १५ वटा कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्से उच्च अंकले बढेको दिन ३ वटा कम्पनीको शेयर भने ३ प्रतिशतभन्दा धेरैले घटेको छ । मंगलबार सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

    आज १८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसका साथै आज १८ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने १५ कम्पनीको शेयरमूल्य भने ८ प्रतिशतले बढेको छ ।  बढेको बजारमा तीन कम्पनीको शेयरमूल्य ३ प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २८ करोड ८२ लाख बराबरको कारोबार भएको छ ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १५, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट