logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार

    916Shares
    सर्वोच्चद्वारा दुर्गा प्रसाईलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार

    काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्ने आदेश दिन अस्वीकार गरेको छ । प्रसाईको गिरफ्तारीविरुद्ध उनका छोरा निरज प्रसाईँले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।

    सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईँको गिरफ्तारीविरुद्ध परेको रिटमा सुनुवाई गर्दै थुनामुक्तको आदेश दिन इन्कार गरेको हो । सो रिटमा सरकारको नाममा कारण देखाउ आदेश भने जारी भएको छ ।

    प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइको माग गर्दै अन्तरिम आदेश माग गरेका थिए । रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो ।

    प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उहाँलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    काठमाडौं जिल्ला अदालतलाई प्रसाईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। भावी प्रधान न्यायधिशका रुपमा सिफारिस भएका राउतको इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको छ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन ८, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट