logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज

    820Shares
    भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आज

    नयाँदिल्लली ।  जारी भारत र श्रीलंकाको एकदिवसीय सिरिजको दोस्रो खेल आइतबार हुँदैछ। पहिलो रोचक खेल बराबरीमा टुंगिएपछि दोस्रो खेलमा दुवै देश पहिलो जितको खोजीमा हुनेछन्। यो खेल आइतबार दिउँसो २:४५ बजे कोलम्बुमा सुरु हुँदैछ। शुक्रबार सुरुभएको सिरिजको पहिलो खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारत ४७.५ ओभरमा २३० रनमा अल आउट भएपछि खेल बराबरीमा सकिएको थियो।

    पहिलो खेलमा भारतका लागि कप्तान रोहित शर्माले सर्वाधिक ५८ रनको बनाए। त्यस्तै अक्षर पटेलले ३३, केएल राहुल ३१, शिवम दुबेले २५ तथा विराट कोहलीले २४ रन बनाए। भारतलाई सस्तैमा समेट्न श्रीलंकाका लागि वानिन्दु हसरंगा र चरित असालान्काले तीन(तीन विकेट लिए।

    टस जितेर सुरुवाती ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३० रन बनाएको थियो। श्रीलंकाका लागि दुनिथ वेल्लागेले सर्वाधिक ६६ रनको योगदान गरेका थिए। पाथुम निसान्काले ५६ रन जोड्दा वानिन्दु हसरंगाले २४ रन जोडेका थिए। बलिङतर्फ भारत अक्षर पटेल र आर्शदीप सिंहले दुईदुई विकेट हात पारेका थिए।

     



    फास्ट न्युज    
  • २०८१ श्रावण २०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार