वीरगञ्ज । पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालिमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेल्ने तथा खेलाउने गतिविधि भइरहेको सूचनापछि प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार सोमबार साँझ करिब ७ः३० बजे क्यासिनोभित्र नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलिरहेको तथा खेलाइरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधिमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद रहेका छन्।
पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइएको आरोपमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान जारी रहेकाले घटनाको थप विवरण आउन बाँकी छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया