logo

२०८३ आश्विन २१ बुधबार

logo
  • २०८३ आश्विन २१ बुधबार
  • कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    769Shares
    कालीकोटको गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा बन्द

    कालीकोट — कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा बुधबार बिहान लेदोसहितको ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको हो।

    कालीकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिमबहादुर खत्रीका अनुसार गगने खोलामा निरन्तर पहिरो झरिरहेकाले तत्कालै सडक खुलाउन सक्ने अवस्था छैन। “पहिरोका कारण बुधबार बिहानैदेखि सडक अवरुद्ध छ,” डीएसपी खत्रीले भने, “सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेका सवारीसाधनहरू खिड्की ज्युला र दैखोलामा रोकिएका छन् भने माथिबाट सुर्खेतका लागि हिँडेका गाडीहरू कालीकोटको मान्म, हुल्म र खुलालु बजारमा अलपत्र परेका छन्।”

    सडक डिभिजन कार्यालय जुम्लाका अनुसार पहिरो पन्छाउनका लागि जेसिबी (JCB) मेसिन घटनास्थलमै तयारी अवस्थामा राखिएको भए पनि माथिबाट निरन्तर ढुङ्गा र लेदो खसिरहेकाले काम सुरु गर्न सकिएको छैन। पहिरो रोकिने बित्तिकै पन्छाएर सडक सञ्चालन गर्ने प्रयास भइरहेको अधिकारीहरूले जनाएका छन्। राजमार्ग बन्द हुँदा सयौँ यात्रुहरू बाटोमै अलपत्र परेका छन्।



    फास्ट न्युज    
  • २०८३ आश्विन २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट