logo

२०८३ भाद्र २५ बिहीबार

logo
  • २०८३ भाद्र २५ बिहीबार
  • असोज ३ देखि उपत्यकाका ६ रुटमा २८ रात्रि बस सञ्चालन हुने

    730Shares
    असोज ३ देखि उपत्यकाका ६ रुटमा २८ रात्रि बस सञ्चालन हुने

    काठमाडौँ ।  काठमाडौं उपत्यकामा असोज ३ गतेदेखि ६ वटा रुटमा २८ वटा रात्रिकालीन बस सञ्चालन हुने भएका छन्।

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले असोज ३ गतेदेखि रात्रिकालीन बस सेवा विस्तार गर्ने निर्णय गरेको हो।

    काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाले साझा यातायातसँगको समन्वयमा गत वैशाख १ गतेदेखि उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएका छन्।

    सेवालाई थप विस्तार गर्दै उपत्यकाको उत्तर–दक्षिण तथा पूर्व–पश्चिम क्षेत्रलाई जोड्ने गरी विभिन्न रुटमा बस सञ्चालन गरिने भएको छ।

    जसअनुसार गोदावरीदेखि बुढानीलकण्ठसम्म ६ वटा, भक्तपुरको जगातीदेखि रत्नपार्क हुँदै ठमेलसम्म ६ वटा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि चन्द्रागिरिको नागढुंगासम्म ४ वटा बस सञ्चालन हुनेछन्।

    त्यस्तै, कीर्तिपुरदेखि नयाँ सडकस्थित नेपाल वायु सेवा निगमसम्म ४ वटा र चक्रपथमा दुवैतर्फ फन्को लगाउने गरी ८ वटा बस सञ्चालन गरिनेछ।

    यससँगै उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा सार्वजनिक यातायातको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट