logo

२०८३ भाद्र २२ सोमबार

logo
  • २०८३ भाद्र २२ सोमबार
  • नेपालप्रति माल्दिभ्सकी विदेशमन्त्रीको समवेदना, जलवायु न्यायमा सहकार्य गर्ने प्रतिबद्धता

    742Shares
    नेपालप्रति माल्दिभ्सकी विदेशमन्त्रीको समवेदना, जलवायु न्यायमा सहकार्य गर्ने प्रतिबद्धता

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ।

    वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद परिस्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना तथा ऐक्यबद्धता प्रकट गरेकी छन्।

    परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा माल्दिभ्स सरकार तथा त्यहाँका जनताले देखाएको सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

    फोनवार्ताका क्रममा दुवै विदेशमन्त्रीबीच जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेका मुलुकहरूले भोगिरहेका साझा चुनौतीबारे समेत विस्तृत छलफल भएको छ।

    उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमा जलवायु न्यायको पक्षमा सशक्त आवाज उठाउने तथा प्रभावकारी जलवायु कार्ययोजना अघि बढाउन सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।



    फास्ट न्युज    
  • २०८३ भाद्र २२, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट