काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहसँग फोन संवाद गर्दै नेपालमा विपद् प्रभावित क्षेत्रमा आवश्यक सबै किसिमको सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार प्रधानमन्त्री शाहसँग फोनमा कुराकानी गर्दै मोदीले विपद्को यस कठिन घडीमा भारत नेपालसँगै रहेको बताएका हुन्। उनले विपद् प्रतिकार्यमा सहयोग गर्न भारतको टोली तयारी अवस्थामा रहेको समेत जानकारी गराएका छन्।
मोदीले सामाजिक सञ्जालमार्फत भारत नेपाललाई हर किसिमको सहायता उपलब्ध गराउन तयार रहेको उल्लेख गरेका छन्।
उनले बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
नेपालमा पछिल्लो समय बाढी तथा अन्य विपद्का कारण जनधनको क्षति भइरहेका बेला भारतीय प्रधानमन्त्रीको यस्तो प्रतिबद्धता आएको हो। मोदीले विपद् प्रतिकार्यका लागि आवश्यक सहयोगमा भारतले नेपाललाई साथ दिने स्पष्ट पारेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया