logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई

    934Shares
    वरिष्ठ पत्रकार श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की निन्दनीय र खेदपूर्ण: योगेश भट्टराई

    काठमाडौं । आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएकोप्रति संघीय सांसद तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले आपत्ति जनाएका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्रीसमेत रहेका उनले घटनाप्रति खेद तथा निन्दा व्यक्त गरेका हुन् । भट्टराईले भनेका छन्, ‘जनआस्था पत्रिकाका प्रधानसम्पादक वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भएको अभद्र व्यवहार तथा धम्की खेदपूर्ण र निन्दनीय छ ।’

    लोकतान्त्रिक राज्यमा कानुन हातमा लिने विषय स्वीकार्य नहुने जनाउँदै उनले अगाडि लेखेका छन्, ‘कारबाहीको अधिकार कानूनद्वारा तोकिएको निकायसँग मात्र हुन्छ । राजनीतिक दलको परिचय दिएर अभद्र व्यवहार गर्नु झन् निन्दनीय विषय हो ।’

    आफूलाई विप्लव समूहको विद्यार्थी संगठन अखिल (समाजवादी)को केन्द्रीय सचिव भन्ने कपिल सि नामक एक व्यक्तिले गत मंगलबार आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई फोनबाट पटक-पटक ज्यान मार्ने धम्की दिएका थिए । सोही दिन दिउँसो सानेपास्थित जनआस्था कार्यालयमा पेस्तोलधारी समूह पठाएर आतंकित पार्ने काम गरिएको थियो ।

    नेपाल पत्रकार महासंघ,प्रेस सेन्टर नेपाल,मिडिया एक्सन नेपाललगायतका सरोकारवाला निकायले पनि सो घटनाको निन्दा र भर्त्सना गरेका छन् ।

     



    फास्ट न्युज    
  • २०८१ श्रावण ११, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट