logo

२०८३ श्रावण २ शनिबार

logo
  • २०८३ श्रावण २ शनिबार
  • न्यायालयको पुनरसंरचना बिना सुशासन सम्भव छैन : सांसद यज्ञमणि न्यौपाने

    760Shares
    न्यायालयको पुनरसंरचना बिना सुशासन सम्भव छैन : सांसद यज्ञमणि न्यौपाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा कानुन व्यवसायी यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण सम्भव नहुने बताएका छन्।

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध दायर सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै न्यौपानेले न्यायालयबारे निर्मम समीक्षा गर्ने समय आएको धारणा सार्वजनिक गरेका हुन्।

    उनले पछिल्ला केही श्रृङ्खलाबद्ध घटनाक्रमले न्यायालयमा सुधार अपरिहार्य रहेको स्पष्ट पारेको उल्लेख गर्दै न्यायालयको संरचना र कार्यप्रणालीबारे गम्भीर पुनरावलोकन आवश्यक रहेको बताएका छन्।

    न्यौपानेले लेखेका छन्, “विगतका केही श्रृङ्खलाबद्ध घटनाक्रमहरूले स्पष्ट पारिरहेको छ। न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव छैन। न्यायालयको सन्दर्भमा निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसकेको छ।”

    उनले सुधारको प्रक्रिया ढिलो गरिए त्यसको परिणाम झन् गम्भीर हुन सक्ने चेतावनी पनि दिएका छन्। राज्यका सबै निकायले समयअनुसार परिवर्तनलाई आत्मसात् गर्न सके मात्र देश परिवर्तन सम्भव हुने उनको भनाइ छ।

    आफ्नो धारणा कुनै आवेगबाट नभई गम्भीर समीक्षा र विश्लेषणपछि आएको निष्कर्ष भएको उल्लेख गर्दै न्यौपानेले अन्त्यमा “जय देश” लेखेका छन्।

    विशेष अदालतले विष्णु पौडेलविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि उक्त निर्णयलाई लिएर राजनीतिक तथा कानुनी वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण २, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट