logo

२०८३ असार ३१ बुधबार

logo
  • २०८३ असार ३१ बुधबार
  • विश्वकप: इङल्यान्डले नर्वेलाई २–१ गोल अन्तरले गर्यो पराजित, सेमिफाइनलको यात्रा तय

    820Shares
    विश्वकप: इङल्यान्डले नर्वेलाई २–१ गोल अन्तरले गर्यो पराजित, सेमिफाइनलको यात्रा तय

    काठमाडौँ। २–१ गोल अन्तरले नर्वेलाई पराजित गर्दै इङल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ । आइतबार बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरे । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

    पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाउनुभएको थियो ।

    अब इङल्यान्डको सामना अर्जेन्टिना र स्विट्जरल्यान्डबिच हुने क्वार्टरफाइनलको विजेतासँग हुनेछ । अहिले अर्जेन्टिना र स्विटजरल्यान्डबिच खेल जारी छ । अर्जेन्टिना एक गोलका साथ अग्रपङ्तिमा छ । रासस



    फास्ट न्युज    
  • २०८३ असार २८, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट