logo

२०८३ आश्विन २७ मंगलवार

logo
  • २०८३ आश्विन २७ मंगलवार
  • सम्पत्ति शुद्धीकरण विभागले किन रोक्का गर्यो अजेय सुमार्गीको पासपोर्ट ?

    1KShares
    सम्पत्ति शुद्धीकरण विभागले किन रोक्का गर्यो अजेय सुमार्गीको पासपोर्ट ?

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी अजेय सुमार्गीको पासपोर्ट रोक्का गरेको छ । सम्पत्ति शुद्धीकरणको उजुरीमाथि अनुसन्धान गरिरहेको विभागले अध्यागमन विभागमा पत्राचार गरेर उनको पासपोर्ट रोक्का गरेको हो ।

    ‘उहाँको बारेमा अनुसन्धान चलिरहेको छ, अनुसन्धान अधिकारीहरूले पासपोर्ट रोक्काको लागि पत्राचार गरेका हुन्,’ विभागसम्बद्ध स्रोतले भन्यो, ‘अनुसन्धान चलिरहेका बेला कतै विदेश जान नपाउन भन्ने उद्देश्यले पासपोर्ट रोक्का गरिएको हो ।’

    सुमार्गीमाथि कर उन्मुक्ति हुने मुलुकहरुबाट शंकास्पद रुपमा नेपालमा रकम भित्र्याएको आरोप छ । उनले मुक्तिश्री सिमेन्ट र स्याटलाईट टेलिकममा भित्र्याएको बैदेशिक लगानीको विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो ।

    अन्तरिम आदेशबाट सर्वोच्चले रकम नरोक्न आदेश दिएपनि पछि त्यसले निरन्तरता पाएन । कम्तिमा पनि एक दशक पुराना उजुरीमाथि अनुसन्धान अघि बढेपछि पासपोर्ट रोक्का गरिएको विभागसम्बद्ध स्रोतले बतायो ।



    फास्ट न्युज    
  • २०८३ असार ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट