काठमाडौं । आज १६औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस वर्ष “एकल महिलाका लागि न्याय, सम्मान र आर्थिक सशक्तीकरण” भन्ने नारासहित दिवस मनाउन लागिएको हो।
दिवसका अवसरमा देशका विभिन्न स्थानमा एकल महिलाको सम्मान गर्नुका साथै उनीहरूको वर्तमान अवस्था, अवसर र चुनौतीबारे व्यापक छलफल गरिने कार्यक्रम तय गरिएको छ।
सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिला जनसंख्यामध्ये करिब ६ प्रतिशत एकल महिला रहेका छन्।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० डिसेम्बरमा जुन २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रूपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो। लाखौँ एकल महिला तथा उनीहरूमा आश्रित व्यक्तिहरूले भोग्दै आएको गरिबी र अन्यायलाई सम्बोधन गर्ने उद्देश्यले राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो।
राष्ट्रसंघले श्रीमान् गुमाएका, श्रीमान् बेपत्ता भएका, सम्बन्ध विच्छेद गरेका तथा विवाह नगरी बसेका महिलालाई ‘एकल महिला’ का रूपमा परिभाषित गरेको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया