logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा

    733Shares
    फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा

    काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका छन्। डलास स्टेडियममा सोमबार राति भएको खेलमा अष्ट्रियाविरुद्धको खेलमा दुई गोल गर्दै मेस्सीले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका हुन्। यससँगै उनले विश्वकप इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान कायम गरेका छन्।

    अष्ट्रियालाई पराजित गर्न मेस्सीको दुई गोल निर्णायक भयो । अष्ट्रियाले पटकपटक गोल लगाउने प्रयास गरेर पनि एक गोल पनि लगाउन सकेन ।अर्जेन्टिनाका मेस्सीले गोल लगाउने धेरै अवसर मिस गरे । यसअघि यो कीर्तिमान जर्मनीका पूर्व स्ट्राइकर Miroslav Klose को नाममा रहेको थियो। क्लोजले विश्वकपमा १६ गोल गरेका थिए। मेस्सीले अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए भने अष्ट्रियाविरुद्ध गोल गर्दै त्यसलाई पछि पारेका हुन्।

    अर्जेन्टिनाका कप्तान मेस्सीले विश्वकपमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै नयाँ इतिहास रचेका छन्। उनको यो उपलब्धिलाई विश्व फुटबलकै एक महत्वपूर्ण कीर्तिमानका रूपमा हेरिएको छ। लामो समयदेखि राष्ट्रिय टोलीका प्रमुख खेलाडीका रूपमा रहेका मेस्सीले आफ्नो अनुभव, नेतृत्व क्षमता र गोल गर्ने दक्षतामार्फत अर्जेन्टिनालाई सफलताको दिशामा अघि बढाइरहेका छन्।

    विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने मेस्सीले यस नयाँ कीर्तिमानसँगै आफ्नो करिअरमा अर्को ऐतिहासिक उपलब्धि थपेका छन्। उनका समर्थक तथा फुटबलप्रेमीहरूले उनको यस सफलताको व्यापक रूपमा प्रशंसा गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ असार ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट