logo

२०८३ जेष्ठ २७ बुधबार

logo
  • २०८३ जेष्ठ २७ बुधबार
  • वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ अस्पताल भर्ना

    733Shares
    वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ अस्पताल भर्ना

    काठमाडौं । वरिष्ठ साहित्यकार तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठ मुटुसम्बन्धी समस्याका कारण काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर मा उपचाररत हुनुहुन्छ।
    उहाँको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरी उपचार थालिएको जनाइएको छ। हाल चिकित्सकहरूको निगरानीमा उहाँको उपचार भइरहेको छ।

    यसैबीच, साहित्यिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभेच्छुकहरूले पनि उहाँको स्वास्थ्यमा चाँडै सुधार होस् भन्ने कामना व्यक्त गरिरहेका छन्।

    नेपाली साहित्यका प्रतिष्ठित स्रष्टा सरुभक्त श्रेष्ठले कथा, उपन्यास, कविता, नाटक तथा निबन्धका माध्यमबाट नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट