logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • राजदूत प्रसङ्गमा प्रधानमन्त्री बालेन्द्र शाहको व्यङ्ग्यात्मक स्टाटस चर्चामा

    883Shares
    राजदूत प्रसङ्गमा प्रधानमन्त्री बालेन्द्र शाहको व्यङ्ग्यात्मक स्टाटस चर्चामा

        काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा आफूलाई पनि राजदूत बन्ने इच्छा रहेको भन्दै व्यङ्ग्यात्मक स्टाटस लेखेपछि त्यसले यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ।

    शनिबार साँझ आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत प्रधानमन्त्री शाहले रोमन नेपालीमा लेख्दै भनेका छन्, “मलाई पनि एम्बेसेडर बन्न मन छ, पीएमको नम्बर छ भने यसो दिनुस् न ?”

    प्रधानमन्त्री शाहले उक्त स्टाटस कुन सन्दर्भलाई लक्षित गरेर लेखेका हुन् भन्ने स्पष्ट खुलाएका छैनन्। यद्यपि पछिल्ला दिनहरूमा सार्वजनिक भएको राजदूत नियुक्तिसम्बन्धी चर्चालाई संकेत गर्दै उनले व्यङ्ग्य गरेको हुनसक्ने अनुमान गरिएको छ।

    उनको स्टाटसमाथि विभिन्न व्यक्तिहरूले प्रतिक्रिया जनाएका छन्। शिक्षामन्त्री सस्मित पोखरेलले “म्यासेज गर्दिम ?” भन्दै प्रतिक्रिया दिएका छन् भने भिक्टर पौडेलले “नाई फेरि उठाउन आउला पुलिस” भन्दै थप व्यङ्ग्य गरेका छन्।

    प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई समसामयिक राजनीतिक घटनामाथिको व्यङ्ग्यात्मक टिप्पणीका रूपमा व्याख्या गरेका छन् भने अर्कोतर्फ कतिपयले सरकार प्रमुखको हैसियतमा सार्वजनिक अभिव्यक्ति थप जिम्मेवार र मर्यादित हुनुपर्ने बताएका छन्।

    सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको यो विषयले राजदूत नियुक्ति प्रक्रिया, राजनीतिक पहुँच र सार्वजनिक पदमा रहेका व्यक्तिहरूको अभिव्यक्तिको सीमाबारे नयाँ बहस सिर्जना गरेको छ। प्रधानमन्त्री शाहको स्टाटस र त्यसमा आएका प्रतिक्रियाहरू अहिले विभिन्न डिजिटल प्लेटफर्ममा व्यापक रूपमा साझा भइरहेका छन्।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट