logo

२०८३ जेष्ठ ४ सोमबार

logo
  • २०८३ जेष्ठ ४ सोमबार
  • नयाँ सरकारसँगै नीतिगत स्थिरताको आशा, आईटी क्षेत्रलाई आर्थिक ‘गेम चेन्जर’ बनाउनुपर्ने सभामुख अर्यालको जोड

    754Shares
    नयाँ सरकारसँगै नीतिगत स्थिरताको आशा, आईटी क्षेत्रलाई आर्थिक ‘गेम चेन्जर’ बनाउनुपर्ने सभामुख अर्यालको जोड

    काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नयाँ सरकार गठनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा बढेको बताएका छन् ।नेपाल व्यापार शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले लगानीकर्तामा देखिएको नयाँ उत्साहलाई दीर्घकालीन विश्वासमा रूपान्तरण गर्न सरकार नीतिगत स्थायित्व कायम गर्न प्रतिबद्ध हुनुपर्नेमा जोड दिए ।

    उनका अनुसार वर्तमान राजनीतिक परिवर्तनसँगै लगानीमैत्री वातावरणप्रति सकारात्मक संकेत देखिएको छ, तर त्यसलाई टिकाइराख्न स्पष्ट र स्थिर नीति आवश्यक छ ।अर्यालले भने, “नयाँ सरकारको आगमनसँगै नीतिगत स्थिरता र निजी क्षेत्रमैत्री वातावरणप्रति आशा पलाएको छ। यसले लगानीकर्तामा नयाँ उत्साह दिएको छ, तर यसलाई दीर्घकालीन विश्वासमा बदल्न नीतिगत स्थायित्व आवश्यक छ।”

    उनले आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परागत कार्यशैली मात्र पर्याप्त नहुने उल्लेख गर्दै अब इनोभेसन र डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।“अहिले लिएको आर्थिक विकासको लक्ष्य हासिल गर्न परम्परागत शैली मात्र पर्याप्त हुँदैन। इनोभेसन र डिजिटलाइजेसनलाई मुख्य प्राथमिकता दिनुपर्छ,” उनले भने ।

    उनका अनुसार नेपालको आगामी आर्थिक प्राथमिकता सूचना प्रविधि (आईटी) क्षेत्र हुनुपर्ने र यो क्षेत्र देशको आर्थिक रूपान्तरणको ‘गेम चेन्जर’ बन्न सक्ने सम्भावना छ ।अर्यालले डिजिटल व्यवसाय हब विकास गर्ने र एआईमैत्री कानुनी पूर्वाधार निर्माण गर्ने काम अघि बढिरहेको पनि जानकारी दिए ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट