logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • पोखरा महानगर सर्वोत्कृष्ट भएपछि मेयर आचार्यद्वारा धन्यवाद तथा कृतज्ञता ज्ञापन

    814Shares
    पोखरा महानगर सर्वोत्कृष्ट भएपछि मेयर आचार्यद्वारा धन्यवाद तथा कृतज्ञता ज्ञापन

    पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिकालाई सर्वोत्कृष्ट घोषणा गरेकोमा नेपाल नगरपालिका संघलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रमुख आर्चायले कामको मूल्याङ्कन गर्दै सर्वोत्कृष्ट घोषणा गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

    महानगर प्रमुख आचार्य सामाजिक सञ्जालमा लेख्छन्, “सहरी योजना, पूर्वाधार विकास र विपद् व्यवस्थापनमा विशेष कार्यसम्पादन गर्दै देशभरका नगरपालिकामध्ये ९५ अंक हासिल गरी हाम्रो पोखरा महानगरपालिका सर्वोत्कृष्ट नगरपालिका र महानगरपालिका घोषित भई अवार्ड प्राप्त गरेको छ ।”

    नेपाल नगरपालिका संघद्वारा प्रदान गरिएको म्युनिसिपल एक्सिलेन्स अवार्ड सभामुख डिपी अर्यालबाट ग्रहण गर्ने अवसर प्राप्त भएको प्रमुख आचार्यले जनाएका छन् । “यस खुशीको अवसरमा महानगरपालिका परिवार तथा सम्पूर्ण महानगरवासीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु”, प्रमुख आचार्यले सामाजिक सञ्जालमा लेखेका छन् ।

    पुरस्कार ग्रहण गरेपछि नगर प्रमुख आचार्यले यो अवार्ड पोखरा र सम्पूर्ण पोखरेलीका लागि निकै महत्वपूर्ण रहेको यस सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छन् । आचार्यले यो सफलता नगरवासीहरुको निरन्तर साथ र विकास प्रतिको प्रतिबद्धताका कारण सम्भव भएको उल्लेख गरेका छन् ।

    नेपाल नगरपालिका संघको ३३ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा प्रतिनिधि सभाका सभामुख अर्यालले महानगर प्रमुख आचार्यलाई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ हस्तान्तरण गर्नु भएको थियो । पोखराले देशभरका अन्य नगरपालिकाहरुलाई पछि पार्दै यो सफलता हात पारेको हो । पोखराले विशेषगरी पूर्वाधार र विपद् व्यवस्थापनमा गरेको कामलाई मूल्यांकनको मुख्य आधार बनाइएको थियो ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २७, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार