logo

२०८३ असार ४ बिहीबार

logo
  • २०८३ असार ४ बिहीबार
  • युद्धविराम घोषणापछि पनि इरानद्वारा कुवेत र यूएईमा आक्रमण

    886Shares
    युद्धविराम घोषणापछि पनि इरानद्वारा कुवेत र यूएईमा आक्रमण

    काठमाडौं । अमेरिकासँग दुई हप्ते युद्धविरामको घोषणापछि पनि इरानले कुवेत र यूएईमा आक्रमण गरेको छ । इरानको सरकारी टेलिभिजनका अनुसार बुधबार कुवेत र यूएईलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार भएको छ ।

    बुधबार इरान, अमेरिका र इजरायलबीच दुई हप्ताका लागि युद्धविराम भएको थियो । त्यसको केही घण्टामै इरानले स्ट्रेट अफ होर्मुजको उत्तरतिर पर्ने इरानको लावन द्वीपमा भएको हवाई हमलाको जवाफस्वरुप कुवेत र यूएईमा हमला गरेको जानकारी दिएको थियो ।

    इरानको लावन द्वीपमा भएको हवाई हमलाबाट तेल पूर्वाधारमा क्षति भएको थियो । इरानको तेल मन्त्रालयका अनुसार लावन द्वीपमा भएको आक्रमणका कारण तेल प्रशोधन प्लान्टमा आगो लागेको थियो । त्यलगत्तै जवाफी कारबाही सुरु गर्दै इरानले छिमेकी देशका ऊर्जा केन्द्रलाई निसाना बनाएको हो ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट