logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • परराष्ट्रमन्त्री खनाल आज मौरिसस जाँदै

    841Shares
    परराष्ट्रमन्त्री खनाल आज मौरिसस जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज (चैत २६) आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मौरिसस जाँदै छन् । नवौँ इन्डियन ओसियन कन्फ्रेन्स मौरिससमा यही चैत २७ देखि २९ गतेसम्म आयोजना हुँदै छ । यही कन्फ्रेन्समा भाग लिन परराष्ट्रमन्त्री खनाल त्यसतर्फ जान लागेका हुन् ।नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा नेपालको सहभागिताका लागि निमन्त्रणा प्राप्त भएको छ । उक्त कन्फ्रेन्समा परराष्ट्रमन्त्री खनाल सहभागिताका लागि  त्यसतर्फ जान लागेका हुन् ।

    भारतको विदेश मन्त्रालय र इन्डिया फाउन्डेसनद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस कार्यक्रममा भारतका विदेशमन्त्री एस जयशंकर सहभागी हुनेछन् ।कन्फ्रेन्समा समुद्री सुरक्षा, आर्थिक विकास र दिगोपनको बारेमा छलफल हुनेछ ।
    नवौँ इन्डियन ओसियन कन्फ्रेन्समा भाग लिने क्रममा मौरिससमा परराष्ट्रमन्त्री खनाल र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता हुनेछ ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट