logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • नेकपाले नौजना उम्मेदवारको नाम सांसदका लागि निर्वाचन आयोगमा पठायो

    925Shares
    नेकपाले नौजना उम्मेदवारको नाम सांसदका लागि निर्वाचन आयोगमा पठायो

    काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नौजना उम्मेदवारको नाम सांसदका लागि निर्वाचन आयोगमा पठाएको छ ।

    समानुपातिकतर्फबाट ५ पुरूष र ४ महिलासहित नौजनाको नाम सांसदका रुपमा पठाइएको हो । नेकपाले संयोजक प्रचण्ड पक्षका ७ र सह-संयोजक माधवकुमार नेपाल पक्षका दुईजनाको नाम पठाएको हो ।

    नेकपा संयोजक प्रचण्डले आफूनिकट बलावती शर्मा, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, पर्शुराम तामाङ, जोगकुमार बर्बरिया यादव, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरालाई प्रतिनिधि सभामा पठाउने निर्णय गरेका छन् ।

    उता सह-संयोजक नेपाल पक्ष प्रमेश हमाल र गणेश विश्वकर्मालाई समानुपातिकमा पठाइएको छ । एकीकृत समाजवादीका वरिष्ठ नेता हमाल र सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष प्रतिनिधिसभामा जाने भएका हुन् ।

    एकीकृत समाजवादीबाट नेकपामा आएकामध्ये डोल्पाबाट धनबहादुर बुढाले प्रत्यक्षतर्फ चुनाव जितेका छन् । तर संयोजक न नेपाल आफैँले भने चुनाव हारेका छन्।



    फास्ट न्युज    
  • २०८२ चैत्र १, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट