logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • राप्रपा अध्यक्ष लिङदेनले भने-निषेधाज्ञाले चुनाव बिथोलिन सक्छ

    1KShares
    राप्रपा अध्यक्ष लिङदेनले भने-निषेधाज्ञाले चुनाव बिथोलिन सक्छ

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं फिर्तीलाई लक्षित गर्दै प्रशासनले लगाएको निषेधाज्ञाप्रति आपत्ति जनाएका छन् । यो निषेधाज्ञाले चुनाव बिथोलिन सक्ने उनको चेतावनी छ । हिजो जिल्ला प्रशासन कार्यालयले फागुन १ गते राजावादीहरूले प्रदर्शन गर्न लागेको भन्दै त्रिभुवन विमानस्थल परिसरमा निषेधाज्ञा लगाइएको सूचना जारी गरेको थियो ।

    यस्तो प्रदर्शनले चुनावको वातावरण बिथोलिन सक्ने जिल्ला प्रशासनको दाबी छ । निषेधाज्ञा तोडेमा कानूनी कारबाही हुने चेतावनी प्रमुख जिल्ला अधिकारीले दिएका छन् ।

    सामाजिक सञ्जालमा स्टाटस लेख्दै लिङ्देनले प्रश्न गरेका छन्, ‘जिप्रकाले जारी गरेको निषेधाज्ञा चुनाव बिथोलिन नदिने हो कि आफैँ बिथोल्न लागेको हो ? संविधान र संवैधानिक व्यवस्थालाई मनोमानी ढंगले प्रयोग गर्न थालियो भने कसले मान्छ त्यस्ता निषेधाज्ञा ?



    फास्ट न्युज    
  • २०८२ फाल्गुन १, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट