logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • मेयरबाट राजीनामा दिएका बालेन पुगे जनकपुर, सोमबार आमसभामा सम्बोधन

    1KShares
    मेयरबाट राजीनामा दिएका बालेन पुगे जनकपुर, सोमबार आमसभामा सम्बोधन

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदबाट आज आइतबार राजीनामा दिएका बालेन्द्र शाह ९बालेन० जनकपुर पुगेका छन् । आइतबारमेयरबाट राजीनामा दिएपछि उनी केही समय राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय कार्यालय पुगेका थिए ।

    रास्पा केन्द्रीय कार्यालयमा केही समय बसेर बालेन जनकपुरतिर गएका हुन् । सोमबार (माघ ५ गते ) जनकपुरधाममा रास्वपाले सभा आयोजना गर्दैछ । उक्त सभामा सहभागी हुन बालेन जनकपुर पुगेका हुन् ।

    रास्वपा केन्द्रीय कमिटिको आयोजनामा हुन लागेको सभा जनकपुरधाम उपमहानगरपालिका–४ तिरहुतिया गाछीमा हुनेछ । उक्त सभामा बालेनसहित रास्वपाका सभापति रवि लामिछानेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।



    फास्ट न्युज    
  • २०८२ माघ ४, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट