logo

२०८३ बैशाख ८ मंगलवार

logo
  • २०८३ बैशाख ८ मंगलवार
  • सहकारी घोटाला प्रकरणमा कांग्रेस खरो रुपमा उत्रिएपछि प्रतिनिधिसभाको बैठक स्थगित

    988Shares
    सहकारी घोटाला प्रकरणमा कांग्रेस खरो रुपमा उत्रिएपछि प्रतिनिधिसभाको बैठक स्थगित

    काठमाण्डौ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसले नाराबाजी गर्दै अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आउँदो जेठ १ गते बेलुकी ६ बजे बस्ने गरी स्थगित भएको घोषणा गर्नुभएको हो ।

    आजको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेरनरहेको बारेमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै निरन्तर नाराबाजी गरेको थियो । हिउँदे अधिवेशनमा पनि कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको थियो । तर सत्ता पक्ष दलहरू समिति गठनमा सहमत भएका छैनन् ।

    आज प्रतिनिधि सभाको बैठक शुरू हुनेबित्तिकै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लगायत विपक्षी दलका सांसदले विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद गगन थापालाई बोल्न समय दिनुभयो । प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस महामन्त्री थापाले सहकारी ठगीमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिने पर्याप्त प्रमाण भएकाले छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो ।

    सरकारले नै निहुँ खोजेकाले छानबिन समिति नबन्दासम्म संसद् चल्न नसक्ने कांग्रेस महामन्त्री थापाले बताउनुभयो । थापाले बोलिसकेपछि सभामुख घिमिरले संसद्को काम कारबाही अघि बढाउन खोज्नुभएको थियो । त्यसपछि कांग्रेस सांसदले ुबेलु घेराउ गरेर नाराबाजी गरेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगन गर्नुभएको थियो ।

    सङ्घीय संसद्को बर्खे अर्थात् बजेट अधिवेशन आजदेखि शुरु भएको हो । सभामुख देवराज घिमिरेले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएसँगै बजेट अधिवेशन शुरु भएको हो । सरकारले जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि जेठ १ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारले निर्णय गरिसकेको छ ।



    फास्ट न्युज    
  • २०८१ बैशाख २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट