logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • मधेशका घट्नामा संयमता, सजगता र सतर्कता अपनाउनू : गृह

    1.1KShares
    मधेशका घट्नामा संयमता, सजगता र सतर्कता अपनाउनू : गृह

    काठमाडौं।गृह मन्त्रालयले मधेसका जिल्लामा भइरहेका धर्म र सम्प्रदायबीच सुसम्बन्ध खलल पार्ने गतिविधिमा ध्यानाकर्षण भएको भन्दै सबैलाई संयमता अपनाउन अनुरोध गरेको छ।सोमबार प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले एक विज्ञप्ति जारी गर्दै सबैलाई सतर्कता, संयमता र सजगता अपनाउन अनुरोध गरेका हुन्।

    ‘तराई एवं मधेसका २१ जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, केन्द्रमा रहेका सम्बद्ध आयोगका पदाधिकारीहरूसँग शान्ति सुरक्षा एवं धार्मिक सहिष्णुता लगायत समसामयिक विषयमा छलफल गरी संयमता, सजगता र सतर्कता अपनाउन सबैलाई आग्रह गर्ने निर्णय गरिसकेको छ,’विज्ञप्तिमा भनिएको छ।

    यसबीच गृह मन्त्रालयले तोडफोड, आगजनी लगायत घटना र सामाजिक द्वेष फैलाउने व्यक्ति तथा समूहलाई कानुनी दायरामा समेत ल्याइसकेको जनाएको छ। जातजाति, धर्म र सम्प्रदायबीच सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जती गर्ने, अपराध गर्न दुरूत्साहन गर्ने लगायतका गतिविधि निरूत्साहन गर्न पनि मन्त्रालयले अपिल गरेको छ।

    यस्ता गतिविधि आपराधिक हुने र दण्डनीय हुने बताउँदै कारबाही दायरामा समेत ल्याइने जनाएको छ।



    फास्ट न्युज    
  • २०८२ पुष २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट