logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • यस्तो छ आजको मौसम पूर्वानुमान

    919Shares
    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं । नेपालको मौसम प्रणालीमा देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।महाशाखाका अनुसार मंगलबार दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहने छ।
    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ।

    महाशाखाले पछिल्लो समय चिसो बढ्दै गएको बताएको छ। आज बिहान ५ः४५ बजे काठमाडौंको त्रिभुवन विमानस्थलको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो। कीर्तिपुरको २.७४, ललितपुर खुमलटारको २.४० तापक्रम रहेको जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा उल्लेख छ।



    फास्ट न्युज    
  • २०८२ पुष २२, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट