logo

२०८३ जेष्ठ २५ सोमबार

logo
  • २०८३ जेष्ठ २५ सोमबार
  • समानुपातिक सूची सच्याउन रास्वपालाई जेन-जी अभियन्ताको चेतावनी

    1.1KShares
    समानुपातिक सूची सच्याउन रास्वपालाई जेन-जी अभियन्ताको चेतावनी

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूची संविधानको मर्म विपरीत रहेको भन्दै जेन–जी अभियन्ताहरुले नै असन्तुष्टि जनाएका छन् । नातावाद–कृपावाद र नेपो बेबीविरुद्ध गरिएको आन्दोलनको प्रतिकूल रास्वपाले उमेद्वारी उठाएको उनीहरुको आरोप छ ।

    रवि लामिछाने, बालेन साह र कुलमान घिसिङले एकता गरेपछि समानुपातिक सूचीमा आ–आफ्नो मान्छे सिफारिस गरेको जेन–जीहरुको भनाइ छ । नयाँ दलले फरक गर्छ भनेर भरोसा दिलाउँदै गर्दा कुनै योगदान नभएका व्यापारिक घरानालाई प्राथमिकता दिनु कांग्रेस–एमालेसरह भएको उनीहरुको तर्क छ ।

    जेन–जीहरुले समानुपातिक प्रणालीको धज्जी उडाउँदै पिछडिएको वर्गलाई समेट्न नसक्नु अर्को ठूलो गल्ती गरेको टिप्पणी गरेका छन् । उनीहरुले यस सूचीलाई नसच्याइ निर्वाचनमा गए समानुपातिकमा भोट नहाल्ने चेतावनी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार