logo

२०८३ बैशाख २० आईतवार

logo
  • २०८३ बैशाख २० आईतवार
  • काठमाडौं उपत्यकाको तापक्रम आज वर्षकै कम मापन

    1KShares
    काठमाडौं उपत्यकाको तापक्रम आज वर्षकै कम मापन

    काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम आज (पुस १७) वर्षकै कम मापन गरिएको छ । काठमाडौंसहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार (पुस १७) बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो । आउँदा दिन तापक्रम थप घट्ने सम्भावना हुन्छ ।

    सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम बुधबार (पुस १६) ४.९, मंगलबार (पुस १५) ४.८ डिग्री थियो । बिहीबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –४.१ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम बुधबार –४.४ र मंगलबार –४.५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।

    यस दिन डडेलधुराको न्यूनतम तापक्रम ४.६, दिपायलको ५, ताप्लेजुङको ६, धनगढीको ६.६, वीरेन्द्रनगर र विराटनगरको समान ७.५, घोराहीको ८, भैरहवाको ८.२ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा हालसम्मकै कम तापक्रम सन् १९७८ जनवरी ११ मा –३.५ डिग्री मापन गरिएको थियो । महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

    हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । “देशका तराई भूभागमा हुस्सु्/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले यस महाशाखाबाट दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ,” महाशाखाले भनेको छ ।



    फास्ट न्युज    
  • २०८२ पुष १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार