logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • रवि-बालेन मिलनले पार्टीलाई कुनै असर नगर्ने कांग्रेस नेताको प्रतिक्रिया

    1.1KShares
    रवि-बालेन मिलनले पार्टीलाई कुनै असर नगर्ने कांग्रेस नेताको प्रतिक्रिया

    कठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मिल्दैमा आफूहरूलाई कुनै ठुलो असर नगर्ने बताएका छन्।

    केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूहरू आत्तिनुपर्ने कुनै कारण नभएको बताए। उनले रवि र बालेन कुनै दागरहित मान्छे नभएको भन्दै ठुलो प्रश्न उठेको व्यक्ति भएको बताए।

    उनले भने, ‘पुराना दल त्यसमा पनि कांग्रेस नै विश्वसनीय पार्टी हो। यसको धेरै ठुलो जनधार देशैभरि फैलिएको छ। उहाँहरूको जुन क्रियाकलाप देखिएको छ, उहाँहरुविरुद्ध गम्भीर प्रश्न उठेका छन्। त्यसैले उहाँहरू मिल्दैमा कांग्रेस आत्तिएको छैन। मिल्ने उहाँलाई स्वतन्त्र अधिकार छ।’



    फास्ट न्युज    
  • २०८२ पुष १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट