logo

२०८३ जेष्ठ २० बुधबार

logo
  • २०८३ जेष्ठ २० बुधबार
  • जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना

    1.1KShares
    जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना

    काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत गर्न भन्दै विभिन्न ३० भन्दा बढी जेनजी समूहको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक तोकेको छ । ललितपुरको झम्सिखेलमा बसेको बैठकमा १०० जना भन्दा बढी जेनजी र आन्दोलनमा सहभागी घाइते ,सहिद परिवार सहितको उपस्थिति थियो। बैठकले कार्यकारी समिति बिस्तारको लागि मिरज ढुगांना ,अजय सोडारी र सुनिल सिंहलाई जिम्मेवारी दिएको छ । यसैगरी सल्लाहकार संयोजकमा हरिश भट्ट चयन भएका छन् ।

    वर्तमान सरकारले आन्दोलनको भावना अनुरूप काम नगरेको उनीहरूको आरोप छ । जेनजी आन्दोलन विरुद्धमा षडयन्त्र गर्न उद्धत भएकाले भन्दै उनीहरूले वर्तमान सरकार अपदस्थ गर्ने बताएका छन् ।

    सर्वपक्षीय सहमति , सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन्संशोधनको निम्ति संयुक्त जेन्जि आन्दोलन समितिले भोलि दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना समेत गरेको छ। सडकमा रहेका सबै जेनजी घाइते सहिद परिवार समेटेर लैजाने योजनाका साथ संयुक्त आन्दोलनका आगामी कार्यक्रमहरू सार्वजनिक गरिने उनीहरूले बताएका छन् ।



    फास्ट न्युज    
  • २०८२ पुष ५, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट