logo

२०८३ असार १ सोमबार

logo
  • २०८३ असार १ सोमबार
  • कारको ठक्करबाट कान्तिपथमा स्कुटर चालकको ज्यान गयो, २ जना घाइते

    967Shares
    कारको ठक्करबाट कान्तिपथमा स्कुटर चालकको ज्यान गयो, २ जना घाइते

    काठमाडौं । काठमाडौं महानगरपालिका–२७ कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

    बीएबी ५७२४ नम्बरको कारले बा। ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको विहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनामध्ये १ जनाको सोही अस्पतालमा र १ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

     



    फास्ट न्युज    
  • २०८२ मंसिर ११, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट