logo

२०८३ जेष्ठ १२ मंगलवार

logo
  • २०८३ जेष्ठ १२ मंगलवार
  • एकैदिन १ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    982Shares
    एकैदिन १ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ११५ रुपैयाँ कायम भएको छ ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ८, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट