logo

२०८३ असार १६ मंगलवार

logo
  • २०८३ असार १६ मंगलवार
  • कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको मितिमै बैठक केन्द्रित

    952Shares
    कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशनको मितिमै बैठक केन्द्रित

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शनिबार पनि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बीपी स्मृति भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

    असोज २८ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशनको मितिबारे नै केन्द्रित छ । अहिलेसम्म बैठकमा विभिन्न पद पदाधिकारी र सदस्यले धारणा राखेका छन् । महाधिवेशनको मितिबारे पटकपटक गरिएको आन्तरिक छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

    आमनिर्वाचनअघि पार्टीको १५ औँ महाधिवेशन गर्ने कि पछि गर्ने भन्नेमै कांग्रेसमा पदाधिकारीहरु विभाजित छन् । कार्यबाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका पदाधिकारीले विवादको निरूपण गरेर सहमति जुटाउने प्रयास गरेका छन् तर सार्थकता पाएको छैन ।

    कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेपछि त्यही दिन सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेस गरेपछि कांग्रेसमा महाधिवेशनबारे एक मत हुन सकेको छैन ।



    फास्ट न्युज    
  • २०८२ मंसिर ६, शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट